राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्ष्य गर्दै स्थानीय तह चुनावलाई उम्मेदवार खोज्दै हिँड्नु नमिल्दो देखिएको टिप्पणी गरेका छन्।
रास्वपाले गैरदलीय स्थानीय तहको कुरा गरेर अहिले स्थानीय तह उम्मेदवार खोज्दै हिँडेको उनको भनाइ छ।
‘चुनावमा गैरदलीय स्थानीय तहको कुरा गरेर झन्डै दुई तिहाइ ल्याएको पार्टीले फेरि स्थानीय तहमा चाहिँ पार्टीको तर्फबाट उम्मेदवार खोज्दै हिँड्नु अलि कुरा मिलेन कि? कि मैले कुरा बुझिनँ?,’ उनले सामाजिक सञ्जाल फेसबुकमा आज लेखेका छन्।
रास्वपाले स्थानीय तह चुनावका लागि आन्तरिक तयारीहरू गर्दै आएको छ।