सर्वोच्च अदालतले शुक्रबार ढिला गरेर पेशी सूची निकालेको छ।
सर्वोच्चले बिहान साढे ११ बजेपछि मात्रै पेशी सूची निकालेको हो।
बिहान ९ बजेदेखि कार्यालय समय तोकिएपछि सामान्यतया बिहान पौने १० बजे सम्ममा पेशी सूची निकालिन्थ्यो।
न्यायाधीशहरूले गोला तानेपछि कुन न्यायाधीशको इजलासमा कुन मुद्दा परेको छ भन्ने पेशी सूची सार्वजनिक गरिन्छ।
गोला तान्नुअघि न्यायाधीशहरू दैनिक बैठक बस्छन्।
आइतबार संवैधानिक परिषदले सर्वोच्चका चौथो नम्बर वरीयताका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो।
यस पृष्ठभूमि पनि भएकाले शुक्रबार न्यायाधीशहरूको बैठक केही बेर बस्यो।
सर्वोच्च अदालतका प्रवक्ता रहेका सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले भने प्राविधिक कारणले पेशी सूची निकाल्न ढिला भएको बताए।
'प्राविधिक कारणले कजलिस्ट निस्कन ढिलाइ भएको हो,' उनले भने।