सरकारले नेपाल लगानी भिसाको घोषणा गरेको छ।
सोमबार सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारले तोकेभन्दा माथिको लगानी गर्ने लगानी गर्नेलाई नेपाल लगानी भिसा उपलब्ध गराइने बताएका हुन्।
त्यस्तै उनले विशेष आर्थिक क्षेत्रहरूको विस्तार तथा साझा पूर्वाधार सहयोग औद्योगिक ग्राम स्थापना गरिने बताए।
‘ग्रिन मार्केट भिलेज, सूचना प्रविधि पार्क, कृषि उत्पादन केन्द्र लगायत उत्पादनमूलक तथा नवप्रवर्तनमा आधारित औद्योगिक क्षेत्रहरूको विकास गर्दै त्यस्ता क्षेत्रहरूलाई औद्योगिक पयर्टनसँग आबद्ध गरिनेछ,’ सम्बोधनका क्रममा राष्ट्रपति पौडेलले भने।