सरकारले नेपालको प्रचुर जलसम्पदा उपयोग गर्न अन्तर्राष्ट्रिय बजार नेपालको पानीलाई ब्रान्डिङ गर्ने भएको छ।
नेपाली पानीलाई 'हिमालयन ओरिजिन सर्टिफाइड वाटर' का रूपमा ब्रान्डिङ गर्ने घोषणा सरकारले नीति तथा कार्यक्रम मार्फत् गरेको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनमा नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।