सरकारले आवासविहीन सीमान्तकृत विपन्न तथा विपद प्रभावित समुदायका लागि किफायती र सुविधायुक्त आवास योजना कार्यान्वयन गरिने बताएको छ। सोमबार सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वास्तविक भूमिहीनको पहिचान गरी स्थायी आवास स्वामित्व सुनिश्चित गरिने बताए।
मध्यपहाडी राजमार्ग आसपासका नयाँ सहरलाई पहिचानयुक्त सहरका रूपमा विकास गर्दै जग्गा विकास पूर्वाधार, स्थानीय आर्थिक सम्भावनासँग जोडिने सरकारले बताएको छ।
राष्ट्रिय भवनसंहिताको अनिवार्य कार्यान्वयन गर्दै सबै नयाँ निर्माणमा भूकम्प प्रतिरोधी, अग्निसुरक्षा र आधुनिक पूर्वाधार मापदण्ड लागू गरिने उनले बताए।
जेनजी आन्दोलन जाजरकोट भूकम्पबाट क्षति भएका सबै संरचनाको पुनर्निर्माणलाई प्राथमिकता दिइने नीति कार्यक्रममा समावेश छ।