नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले सुशासनमा तलमाथि काम गरेको प्रमाण प्राप्त भए तुरून्तै पार्टीले कारबाही गर्ने बताएका छन्।
प्रमाणसहित यस्ता उजुरी आएमा अख्तियारलेभन्दा पहिले पार्टीले कारबाही गर्ने उनले बताए।
‘नेपाली कांग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूले सुशासनमा तलमाथि गरेको प्रमाणसहित खबर आएमा अख्तियारलेभन्दा पहिले पार्टीले कारबाही गर्छ,’ सुर्खेतमा आज आयोजित कार्यक्रममा उनले भने।
सुर्खेतमा आज पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले कार्यक्रम गरेको थियो।
२०७९ को स्थानीय चुनावमा कांग्रेसले तीन सय बढी पालिका प्रमुख जितेको थियो।