नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूले कोशी प्रदेशस्तरीय भेला गरेका छन्।
मोरङको विराटनगरमा आज भेला भएको हो।
भेलामा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेता मीनबहादुर विश्वकर्मा, भीम पराजुली, कुन्दनराज काफ्ले, पूर्वमुख्यमन्त्री केदार कार्की, कोशी महामन्त्री भूपेन्द्र राईलगायत सहभागी छन्।
पार्टी संस्थापन पक्षले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत् प्रदेश भेला गरिरहेका बेला देउवा पक्षले पनि प्रदेश भेलाको थालनी गरेका हुन्।
सातै प्रदेश भेला गर्ने तयारीमा देउवा पक्ष छ। पुसमा भएको विशेष महाधिवेशनमा देउवा पक्ष सहभागी भएको थिएन।