सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा प्रतिनिधि सभा सचिवबाट हर्कराज राईलाई हटाइएको छ।
सभामुखको सिफारिसमा आज राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा सचिव पदबाट राईलाई हटाएका हुन्।
‘राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख डोलप्रसाद अर्यालको मिति २०८३/०१/२८ गतेको सिफारिसमा सङ्घीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम हर्कराज राईलाई मिति २०८३/०१/२९ गतेदेखि प्रतिनिधिसभाको सचिवको पदबाट हटाउनु भएको छ,’ राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यसअघिका सभामुख देवराज घिमिरेले राईलाई सचिव नियुक्ति सिफारिस गरेका थिए। राईलाई सचिवबाट हटाउन सभामुख अर्यालले स्पष्टीकरण सोधेका थिए। अब नयाँ सचिव नियुक्तिका लागि सिफारिस गर्न बाटो खुल्नेछ।
प्रतिनिधिसभाका सभामुखले सचिवको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने र राष्ट्रपतिबाट नियुक्त गर्ने नियम छ।