नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापा 'बादल' ले नेपाली सेना किन सुकुम्बासी बस्तीमा परिचालित गरिए? भन्दै प्रश्न गरेका छन्।
मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सेनाको भूमिकामाथि शंका व्यक्त गर्दै यस्तो प्रश्न गरेका हुन्।
आफूले संसदमा सिंहदरबार जल्दा मौन बसेको सेना अहिले किन सरकारको इशारामा नाचिरहेको छ? भनेर प्रश्न उठाएका थिए।
उनले गत भदौ अन्तिम साताको जेनजी आन्दोलनका क्रममा मुलुक ध्वस्त पारिएको विषय सरकारको नीति तथा कार्यक्रममा नअटाएको भन्दै आपत्ति जनाए।
नेता थापाले भने, ‘सेना किन सुकुम्बासी बस्तीमा परिचालित गरिए? मैले संसदमा त्यो प्रश्न उठाएको हो। मुलुक र सिंहदरबार बस्दा सेना किन मौन बस्यो? भनेर त्यो प्रश्न उठाएको हुँ। यो प्रश्नको जबाफ नीति तथा कार्यक्रममा आएन। मेरो कारण एमाले झन माथि उठ्छ।’
उनले नेकपा एमालेलाई अझै सशक्त रूपमा माथि उठाउन भूमिका खेल्ने बताए। –न्युज एजेन्सी नेपाल