नेपाली कांग्रेसका नेताहरू नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास भक्तपुरको गुण्डु पुगेका छन्।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र सहमहामन्त्री उदयशमशेर राणा एमाले अध्यक्ष ओलीलाई भेट्न पुगेका हुन्।
कांग्रेस केन्द्रीय कार्यालय स्रोतका अनुसार अहिले नेताहरूबीच भेटवार्ता जारी छ।
विभिन्न छ वटा प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्य छ।
विगतमा भएको सहमति अनुसार आलोपालो मुख्यमन्त्री बन्ने विषयमा दुवै दलका नेताहरूले छलफल गरेका छन्।
अहिले नै मुख्यमन्त्री परिवर्तन गर्ने कि बजेटपछि भन्ने विषयमा कांग्रेस र एमाले निर्णयमा पुगिसकेका छैनन्।