संघीय संसदअन्तर्गत् प्रतिनिधि सभाको बैठक बुधबार बिहान ११ बजे बस्दैछ। आज बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
त्यस्तै वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरू प्राप्त संशोधनहरू प्रस्तुत हुने र सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ।
बुधबार प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ।
त्यसपछि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ।
आजै सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूचीमा उल्लेख छ।