राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रदेश अधिवेशनको मिति तोकेको छ। बुधबार चःमतिमा बसेको पार्टी केन्द्रीय समितिको बैठकले प्रदेश अधिवेशनहरूको मिति तय गरेको हो।
केन्द्रीय समितिको निर्णयानुसार जेठ २६ गते बागमतीको अधिवेशन हुनेछ। २७ गते कोशी, २८ गते मधेस, २९ गते गण्डकीको प्रदेश अधिवेशन हुनेछ। त्यस्ते ३० गते लुम्बिनी, ३१ गते कर्णालीर असार १ गते सुदूरपश्चिमको प्रदेश अधिवेशन हुनेछ।
प्रवास नेपाली सम्पर्क विभागबाट न्यूनतम ३ देखि अधिकतम ११ जनासम्म प्रतिनिधित्व गराइने रास्वपाले बताएको छ। अधिवेशन हुन नसकेका पालिकालगायत कमिटीबाट तदर्थ या मौजुदा कमिटीबाटै प्रतिनिधित्व हुने गरी प्रबन्ध मिलाइने रास्वपाले बताएको छ।