राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा हाल जनप्रतिनिधिका रूपमा रहन गएका ६ जना स्वतः महाधिवेशन प्रतिनिधि हुने भएका छन्।
रास्वपामा कायम हुन आएका फेटा गाउँपालिकाका अध्यक्ष रूस्तम अन्सारी, उपाध्यक्ष नीलम शाह, काठमाडौं महानगरपालिका १६ की वडाध्यक्ष रोजिना श्रेष्ठसहित ४ जना वडाध्यक्ष स्वतः प्रतिनिधि हुने भएका छन्।
फेटा गाउँपालिकामा तत्कालीन विवेकशील साझा पार्टीका रूस्तम अन्सारी अध्यक्ष र उपाध्यक्ष नीलम अन्सारी निर्वाचित भएका थिए।