राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति विघटन भएको छ।
बुधबार बसेको केन्द्रीय समिति बैठकले मौजुदा केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने निर्णय गरेको केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले जानकारी दिए।
उनकाअनुसार केन्द्रीय समितिको परिभाषित काम भने यही समितिले गर्नेछ। पार्टी सभापति रवि लामिछानेको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन भएको हो।
केन्द्रीय समिति बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको छ।