पूर्वअर्थमन्त्री रामेश्वर खनालले निर्वाचन पछिको पहिलो संसद अधिवेशनमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जबाफ दिन प्रधानमन्त्री स्वयम् उपस्थित हुन नचाहनुलाई राम्रो मान्न नसकिने बताएका छन्।
खनालले बुधबार सामाजिक सञ्जालमार्फत् धारणा राखेका हुन्।
‘निर्वाचन पछिको पहिलो संसद अधिवेशनमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जबाफ दिन प्रधानमन्त्री स्वयम् उपस्थित हुन नचाहनुलाई राम्रो मान्न सकिएन। पूर्ण विराम,’ उनले भनेका छन्।
नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जबाफ दिन प्रधानमन्त्री स्वयम् उपस्थित नभएको भन्दै विपक्षी दलहरूले आज संसद बैठक अवरूद्ध गरेका थिए।