सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संघीय संसदमा छलफल जारी रहँदा सांसदहरूको उपस्थिति भने न्यून देखिएको छ।
प्रतिनिधि सभा बैठक चलिरहेका बेला धेरै सांसदको कुर्सी खाली देखिएको हो।
राष्ट्रपतिमार्फत प्रस्तुत नीति तथा कार्यक्रममाथि सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले आ–आफ्नो धारणा राखिरहेका भए पनि बैठक कक्षमा अपेक्षाकृत कम उपस्थिति देखिएको हो।
केही सांसद भने बैठक अवधिभर बाहिरिने तथा ढिलो उपस्थित हुने क्रम पनि देखिएको थियो।
संसद सचिवालयका अनुसार बैठक नियमित कार्यसूचीअनुसार सञ्चालन भइरहेको छ भने नीति तथा कार्यक्रममाथिको छलफल केही दिनसम्म जारी रहनेछ।
तस्बिरहरू:
-1778752888.jpg)
-1778752889.jpg)
-1778752889.jpg)
-1778752889.jpg)
-1778752888.jpg)
-1778752888.jpg)
-1778752889.jpg)
-1778752889.jpg)
-1778752888.jpg)
-1778752888.jpg)
-1778752887.jpg)
-1778752887.jpg)
-1778752887.jpg)
-1778752887.jpg)
-1778752887.jpg)
-1778752887.jpg)
-1778752886.jpg)
-1778752886.jpg)