प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीको उपस्थिति माग गर्दै विरोध सुरू गरेपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ।
नीति तथा कार्यक्रममा उठेका प्रश्नको जबाफ दिन प्रधानमन्त्री आफू पनि उपस्थित हुनुपर्ने भन्दै प्रतिपक्षी सांसदहरूले आ-आफ्नो कुर्सीबाट उठेर विरोध गरेका थिए।
सभामुख डिपी अर्यालले प्रधानमन्त्रीले औपचारिक रूपमा आफ्नो तर्फबाट जबाफ दिने जिम्मा अर्थमन्त्रीलाई सुम्पेकाले त्यसको निम्ति तयार हुन सांसदहरूसँग आग्रह गरेका थिए। प्रतिपक्षी सांसदहरू भने प्रधानमन्न्रीको उपस्थितिबिना संसद बैठक चल्न नदिने अडानमा रहे।
त्यसपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगन गरेका हुन्।
प्रतिनिधिसभाको कार्यसूचीमै नीति तथा कार्यक्रममा उठेको प्रश्नमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जबाफ दिने उल्लेख गरिएको छ।
यसअघि प्रतिनिधिसभाको कार्यसूचीमा प्रधानमन्त्रीले नै जबाफ दिने उल्लेख थियो।
प्रतिनिधिसभामा रहेका विपक्षी दलहरूले प्रधानमन्त्री संसदप्रति उत्तरदायी नभएको आरोप लगाएका छन्। उनीहरूले प्रधानमन्त्रीले नै संसदमा जबाफ दिनुपर्ने माग गर्दै आएका छन्।
प्रधानमन्त्री शाह भने सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमै भए पनि संसदमा गएका छैनन्।
राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा उनी संसद छाडेर हिँडेका थिए। त्यस्तै विपक्षी दलका नेताले संसदमा सम्बोधन गर्दा पनि अनुपस्थित थिए।
-1778767698.jpg)
-1778767697.jpg)
-1778767697.jpg)
-1778767697.jpg)
-1778767696.jpg)
-1778767698.jpg)
-1778767696.jpg)
-1778767696.jpg)
-1778767696.jpg)
-1778767696.jpg)
-1778767696.jpg)
सबै तस्बिर : नवीनबाबु गुरूङ/सेतोपाटी