सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसका सभापति गगन थापासँग भेटवार्ता गरेका छन्।
सभापति थापालाई भेट्न मुख्यमन्त्री शाह कांग्रेस केन्द्रीय कार्यालय सानेपा पुगेका थिए।
मुख्यमन्त्री शाह र सभापति थापाबीच आज शिष्टाचार भेटवार्ता भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
भेटवार्ता सौहार्दपूर्ण रहेको सचिवालयको भनाइ छ।
प्रदेश सरकारका नेतृत्व परिवर्तन गर्नेलगायत विषयमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेलगायत दलहरूबीच केही दिनदेखि छलफल पनि भइरहेका छन्।
कांग्रेस संसदीय दल नेता शाह सुदूरपश्चिम मुख्यमन्त्री छन्।