नेपाली कांग्रेसको संस्थापनइतर समूहका युवाहरूको भेला भएको छ।
काठमाडौंको सुकेधारामा शनिबार भएको भेलाले विभिन्न ४ वटा निर्णय गरेको निवर्तमान केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले जानकारी दिए।
पार्टीको बृहत्तर एकताका लागि पार्टीका युवा नेताहरूको भेला भएको उनको भनाइ छ।
पार्टीले तरूण दल, महिला संघलगायत भ्रातृ संस्था विघटन गर्दा पार्टीको बृहत्तर एकतामा आघात पुगेको भन्दै भेलाले ती संस्थासम्बद्ध नेताहरूको भेला गरी केन्द्रीय समिति गठन गर्ने निर्णय गरेको छ।
यो निर्णयबाट संस्थापनइतर समूहले समानान्तर गतिविधि गर्न लागेको देखिन्छ। समयमै महाधिवेशन नगरेका ५ भ्रातृ संस्थाका तदर्थ समिति हालै कांग्रेसले विघटन गरेको थियो।
उनीहरूले क्रियाशील सदस्यता १५ औं महाधिवेशनका लागि नवीकरण गरिसकिएकोले अद्यावधिक नगर्ने पनि निर्णय गरेका छन्।
अनुशासन समितिबाट नेताहरूमाथि कारबाही गरिएकोले रोक्न भेलाले आग्रह गरेको छ। साथै देशभर जागरण अभियान चलाउने निर्णय पनि गरेको छ।
निवर्तमान सभापति शेरबहादुर देउवा, नेता पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौलालगायत निकट युवाहरूले भेला गरेका हुन्।
यस्ता छन् निर्णय-
