नेपाली कांग्रेसले आज सांसदहरूसँग छलफल गरेको छ।
कांग्रेस संसदीय मामिला सहजीकरण समितिले सांसदहरूसँग छलफल गरेको हो।
केन्द्रीय सदस्य राजेन्द्रकुमार केसीको संयोजकत्वमा कांग्रेसमा संसदीय मामिला सहजीकरण समिति छ।
कार्यक्रममा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरू सहभागी छन् भने केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले प्रस्तुती दिएका छन्।
कांग्रेसले यसअघि पनि सांसदहरूलाई अभिमुखीकरण दिँदै आएको छ।