राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मुख्य सचिवमा प्रा.डा. जयन्तनाथ खनाल मनोनीत भएका छन्।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले विधानअनुसार आज खनाललाई मुख्य सचिव पदमा मनोनीत गरेका हुन्।
खनाल लामो समय त्रिभुवन विश्वविद्यालयमा कार्यरत थिए।
उनी हाल पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य एवं पार्टी सम्बद्ध प्राज्ञिक परिषदको अध्यक्ष पनि थिए।
यसअघि राप्रपा मुख्य सचिव केदारबहादुर अधिकारी थिए। पोखरा विमानस्थल निर्माणमा अनियमितता प्रकरणमा उनीमाथि मुद्दा लागेको थियो।