नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा दिउँसो १ बजे बैठक बस्ज लागेको कार्यलय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए।
जेठ २ गते बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजलाई सारिएको नेताहरूले बताएका छन्।
११ औं महाधिवेशनपछि नेताहरुको कार्यविभाजन नभएकोले आजको मुख्य एजेण्डा यसमै केन्द्रित हुने नेताहरुले बताएका छन्। एक पदाधिकारीका अनुसार केन्द्रीय सदस्यहरुलाई पालिकास्तरको जिम्मेवारी दिएर पठाउने तयारी छ। हरेक केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज बनाएर आगामी स्थानी तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन निर्देशन गरिने ती नेताहरूले जानकारी दिए।
यसैगरी आजको बैठकमा केन्द्रीय विभाग तथा निकायहरूको जिम्मेवारी बाँडफाँटको तयारी छ ।
सचिवालय बैठकले गत फागुनमा भएको निर्वाचनको समीक्षाका लागि केन्द्रीय कमिटीको बैठकको मितिसमेत तोक्ने ती पदाधिकारीले जानकारी दिए।
यस्तै आजको बैठकमा सरकारले विस्थापित गरेका सुकुम्बासी, उनीहरूको व्यवस्थापन र सरकारका पछिल्ला काम कारबाही र यसले जनताका पारेको असरका बारेमा पनि छलफल हुने नेताहरूले जनाएका छन्।