नेपाली कांग्रेसका संस्थापनइतर पक्षका युवा नेताहरूले सम्पर्क कार्यालय खोलेका छन्।
निवर्तमान केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले काठमाडौंको अनामनगरमा सम्पर्क कार्यालय खोलेको जानकारी दिए।
‘नियमित महाधिवेशन पक्षधर युवा नेताहरू मिलेर अनामनगरमा सम्पर्क कार्यालय खोलेका हौं, भेटघाट गर्न सजिलो हुन्छ भनेर हो,’ काफ्लेले सेतोपाटीसँग भने।
निवर्तमान सभापति शेरबहादुर देउवा, नेता कृष्णप्रसाद सिटौलानिकट युवा नेताहरू मिलेर सम्पर्क कार्यालय खोलेका हुन्।
निवर्तमान केन्द्रीय सदस्यहरू गुरू बराल, जितजंग बस्नेत, काफ्लेलगायत मिलेर सम्पर्क कार्यालय खोलेका छन्।
नेता काफ्लेका अनुसार यस्तै सम्पर्क कार्यालय अरू ठाउँमा पनि छ।
उनीहरूले हालै सुकेधारामा युवा भेलासमेत गरेका थिए।