लोकतान्त्रिक समाजवादी पार्टीका नेता तथा राष्ट्रिय सभा सांसद महन्थ ठाकुर आज कालो लुगा लगाएर संसद बैठकमा पुगे।
पूर्वराजा ज्ञानेन्द्र शाहले आफूसँग पटक पटक भेट्न खोजेको उनको भनाइ थियो।
उनले विरोधस्वरूप कालो लुगा लगाएको संकेत गरे।
‘कहावत छ कि पराधिन सपनामा सुख छैन। पराधिन जो हुन्छ नि, त सपनामा पनि सुख हुँदैन। त्यो जागृत अवस्थामा के कस्तो होला त्यो भन्ने अवस्था छैन। तपाईं हामी यसै समाजमा छौँ, सपना त कस्तो कस्तो आइरहेको छ, सपनामा पनि हामी पीडित छौं। तपाईंहरूलाई त्यसो नलाग्ला, तपाईंहरू पीडित हुनुहुन्न भने ठिकै छ,’ उनले भने, ‘फेरि मेरो परिचय विभिन्न किसिमको छ, म मधेसी पनि हुँ, नेपाली भन्नुहुन्छ भने नेपाली पनि हुँ। मेरो सबै परिचय छ। मेरो भित्रको परिचय पनि छ, बाहिरको पनि छ। त्यही कारण केही गतिविधि मलाई थाहा हुँदो रहेछ- मैले यो ड्रेस आज लगाए किन? किनकी ज्ञानको राजा ज्ञानेन्द्र हुनुहुन्छ, उहाँले धेरै पटक मसँग भेट्ने प्रयास गर्नुभएको थियो। आज म यो लगाएर कहिँ उहाँको त्यो याद आउँछ कि, भेट्नु हुन्छ कि त्यसैले कालो ड्रेस लगाएर यहाँ आएको हुँ। हेरौँ, कहिले भेट्नुहुन्छ।’
- न्युज एजेन्सी नेपाल