राष्ट्रपति रामचन्द्र पौडलले नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।
राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका बीच राष्ट्रपति पौडेलले प्रधानन्यायधीश शर्मालाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार नै शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए।
शपथ लिएसँगै प्रधानन्यायाधीश शर्माले आजै पदभार सम्हाल्नेछन्।
उनलाई आजै संसदीय सुनुवाइ समितिले सर्वसम्मतिले अनुमोदन गरेको हो।