नेपाली कांग्रेसले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका प्रतिनिधिहरूसँग अन्तर्क्रिया गरेको छ।
केन्द्रीय कार्यालयमा मंगलबार अन्तर्क्रिया भउको हो।
उक्त अन्तर्क्रियामा सभापति गगन थापालगायत उपस्थित थिए।
सहभागीहरूले नेपाली कांग्रेसप्रति आफ्नो विश्वास र आत्मीयता सदैव कायम रहेको व्यक्त गर्दै, नेपाली कांग्रेसको प्रतिबद्धता पत्रमा समावेशीकरण सम्बन्धी विषयहरूलाई सकारात्मक र प्रशंसनीय रूपमा लिएको बताएको कांग्रेसले जनाएको छ।
सभापति थापाले पनि कांग्रेसले समुदायलाई केवल प्रतिनिधित्वमा सीमित नराखी अब सक्रिय सहभागितातर्फ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।