प्रतिपक्षी दलहरूका सांसदले वेल घेराउ गरे पनि सभामुख डिपी अर्यालले प्रतिनिधि सभा बैठक सञ्चालन गरेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरू पनि उठेर विरोध गरे।
कांग्रेस सांसदहरूले डायरीले टेबुलमा ठटाउँदै विरोध गरेका हुन्।
नेकपा एमाले, नेकपा र श्रम संस्कृति पार्टीका सांसदहरूले पनि वेल घेराउ गर्दै विरोध गरेका छन्। अवरोधबीच सभामुखले बैठक सञ्चालन गरेपछि श्रम संस्कृतिका सांसदहरूले केही समयपछि बैठक बहिष्कार गरेका थिए।