नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा गर्न लागेको क्रियाशील सदस्यता अद्यावधिक सम्बन्धी अन्तर्क्रिया स्थगित गरेको छ।
मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिले जेठ ११ गते कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गर्न लागेको कार्यक्रम स्थगित गरिएको हो।
अर्को सूचना नहुञ्जेलसम्मका लागि कार्यक्रम स्थगित गरिएको उनले बताए।