हिजोदेखि बन्द रहेको कर्णाली करिडोर खुलेको छ।
बाजुराको हिमाली गाउँपालिका ६ धुलाचौर अन्तर्गत पर्ने कर्णाली करिडोर बिहीबार बिहानदेखि बन्द रहेकोमा ६ बुँदे सहमतिपछि आज दिउँसोदेखि खुलेको हो।
सर्वपक्षीय छलफलमा सहमति जुटेको हो।
सहमतिअनुसार हिमाली गाउँपालिका– ३ को लाम्पाटामा भएको घटनाको सम्बन्धमा स्थलगत अनुगमन गरि सर्जिमन मुचुल्का बनाउने कुरा उल्लेख छ।
आक्रमण तथा कुटपिटमा संलग्न हुम्लाको खर्पुनाथ गाउँपालिका– २ र ३ का साथै त्यो घटनामा संलग्न जो कोही व्यक्तिलाई कानुनी दायरामा ल्याउनुका साथै स्थानीय व्यक्ति र घुम्न गएका पर्यटकको लुटिएको सामानको क्षतिपूर्ति दिने उल्लेख छ।
कुटपिटमा परेका स्थानीयको उपचारका लागि क्षतिपूर्ति उपलब्ध गराउने, विस्थापित परिवारलाई स्थापित गरि सुरक्षाको प्रत्याभूति दिलाउने, हिमाली – ३ च्याचौरमा निर्माणाधीन प्रहरीका नष्ट गरिएका निर्माण सामाग्रीको क्षतिपूर्ति असुल गरि चौकीको भवन निर्माणका लागि प्रक्रिया तत्कालै अगाडि बढाउने सहमति छ।
सहमति २४ घन्टाभित्रै कार्यान्वन प्रक्रियामा लैजान पहल गर्नुपर्ने र त्यसो नभए फेरि अनिश्चितकालिन आन्दोलन गर्ने चेतावनी स्थानीयको छ।
सहमति पत्रमा आन्दोलनरत पक्ष हिमाली युवा क्लबका अध्यक्ष विनोद बुढा, प्रहरी निरीक्षक लक्ष्मीराज जोशी, सशस्त्र प्रहरीका निरीक्षक प्रदीप रावत, जिल्ला प्रशासन कार्यालयका प्रतितिधि लगाएको हस्ताक्षर रहेको छ।
राजनीतिक दलतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका सचिव अशोक पाण्डे, नेपाली कांग्रेसका सभापति अम्मलाल कार्की, नेकपा (एमाले) का पूर्व जिल्ला कमिटी सदस्य बिर्ख भण्डारीले पनि सहमति पत्रमा हस्ताक्षर गरेका छन्।
गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्ल, वडा नं. ६ का अध्यक्ष प्रेमलाल भण्डारी, वडा नं. ४ का अध्यक्ष भीमानन्द पाण्डेले पनि हस्ताक्षर गरेका छन्।
यस्तो सहमति पत्र–
