नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ।
शनिबार मध्याह्नमा गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीकी निवासमा सचिवालय बैठक सुरू भएको हो।
यसअघि शुक्रबार पनि बैठक बसिएको थियो। त्यसैको निरन्तरताको रूपमा बसिएको हो।
बैठकमा सचिवालय सदस्यहरूले आफ्नो धारणा राखिरहेका छन्। नेताहरूले अध्यक्ष ओलीले नेतृत्वबाट मार्गप्रशस्त गर्नुपर्ने धारणा राखेका छन्।
शुक्रबारको बैठकमा उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वीसुब्बा गुरूङ, गोकर्ण विष्ट लगायतले बोलेका थिए।
उनीहरूसँग ओलीको चर्काचर्की समेत भएको थियो।
आजको बैठकमा महासचिव शंकर पोखरेल, उपमहासचिव लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराईले धारणा राख्नेछन्। त्यस्तै सचिवहरू छविलाल विश्वकर्मा, पद्मा अर्याल, यामलाल कँडेल, हिक्मत कार्की, खगराज भट्ट, भानुभक्त ढकाल, राजन भट्टराई, शेरधन राई र महेश बस्नेतले धारणा राख्नेछन्।




तस्बिर: ओलीको सचिवालय।