नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज नेविसंघको एक समूहले नाराबाजी, प्रदर्शन र धर्ना दिएको छ।
नेविसंघको १२ औं महाधिवेशन सुनिश्चित गर्नुपर्ने र पार्टी एकता कायम राख्नुपर्ने भन्दै प्रदर्शन भएको हो।
नेविसंघमा लामो समयदेखि महाधिवेशन हुन सकेको छैन।
यसअघिका सभापति शेरबहादुर देउवाले पनि पटक पटक तदर्थ समिति गठन गर्दै आएका थिए। महाधिवेशन गर्न नसकेको भन्दै हालै कांग्रेसले नेविसंघसहित ५ भ्रातृ संस्थाको तदर्थ समिति विघटन गरेको थियो।