प्रतिपक्षी चार दलबीच छलफल भएको छ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, एमाले, नेकपा र राप्रपाका सचेतकहरूबीच आज छलफल भएको हो।
संसदलाई थप प्रभावशाली, उत्तरदायी र जीवन्त बनाउने विषयमा प्रतिपक्ष दलका प्रमुख सचेतकहरूबीच छलफल भएको राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले जानकारी दिइन्।