नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलको अध्यक्षमा मनिष कोइराला नियुक्त भएका छन्।
सभापति गगन थापाले आज काठमाडौंका कोइरालालाई अध्यक्ष नियुक्त गरेका हुन्।
तरूण दलको तदर्थ समिति रिक्त थियो।
यसअघि तरूण दलको अध्यक्ष विद्वान गुरूङ थिए।
तोकिएको समयमा महाधिवेशन गराउन नसकेपछि हालै उनले पदबाट राजीनामा दिएका थिए।
सभापति थापाले तोकिएको समयभित्रै तरूण दलको महाधिवेशन गर्ने गरी कोइरालालाई अध्यक्ष नियुक्त गरेको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।