नेकपा एमाले सचिवालय बैठकले योगेश भट्टराईको वरीयता सच्याएको छ। अध्यक्ष केपी शर्मा ओलीले भट्टराईलाई तीन जना उपमहासचिवमा तेस्रो रहने गरी प्रस्ताव गरेका थिए।
आइतबार सकिएको सचिवालय बैठकले उनलाई दोस्रो उपमहासचिवको वरीयताका दिएको हो। नवौं राष्ट्रिय महाधिवेशनबाट सचिवमा निर्वाचित भट्टराई दसौंमा पनि सचिव निर्वाचित भएका थिए। ११ औं राष्ट्रिय महाधिवेशनमा उपमहासचिव निर्वाचित भएका भट्टराईलाई तेस्रो उपमहासचिव प्रस्ताव गरिएको भन्दै कार्यकर्ताले असन्तुष्टि जनाएका थिए।
उपमहासचिव लेखराज भट्टका अनुसार सचिवालयले निर्धारण गरेको उपमहासचिवको वरीयताक्रम अनुसार भट्ट पहिलो, भट्टराई दोस्रो र रघुवीर महासेठ तेस्रो नम्बरमा छन्।