नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा चुनावी समीक्षा कार्यदल बनाएको छ। यसले पार्टी पुनर्गठनसम्बन्धी सुझावपत्र पनि तयार पार्ने छ।
आइतबार सकिएको आठौं सचिवालय बैठकले एक महिनाभित्र चुनावी समीक्षा एवम् पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदन तयार पार्न निर्देशन पनि दिएको छ।
उक्त कार्यदलमा उपाध्यक्ष विष्णु पौडेल, उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङ, महासचिव शंकर पोखरेल, उपमहासचिव लेखराज भट्ट, सचिव छविलाल विश्वकर्मा, पद्मा अर्याल, भानुभक्त ढकाल र आठै प्रदेशका इन्चार्ज सदस्य छन्।
एमालेले यसअघि वडा, निर्वाचन क्षेत्रीय कमिटीबाट चुनावी समीक्षात्मक प्रतिवेदन मगाइसकेको छ। त्यसैका आधारमा एकीकृत प्रतिवेदन तयार पारेर बुझाउने कार्यादेश कार्यदललाई दिइएको हो।