नेकपा एमालेको सचिवालय बैठकले असारको तेस्रो साता केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ।
अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा आइतबार बसेको सचिवालयको आठौं बैठकले असारको १५ देखि २० भित्र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।
उनका अनुसार अध्यक्ष ओली र महासचिव शंकर पोखरेलले परामर्श गरेर मिति तय गर्नेछन्। केन्द्रीय कमिटीले सचिवालय बैठकमा उठेका विषय र चुनावी समीक्षा प्रतिवेदनबारे छलफल गर्नेछ।