नेकपा एमालेले संविधान सुझाव कार्यदल गठन गरेको छ। आइतबार सकिएको सचिवालयको आठौं बैठकले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा संविधान संशोधन सुझाव कार्यदल गठन गरेको हो। जसमा पौडेलसहित १२ सदस्य छन्।
विभिन्न पार्टीले आन्तरिकरूपमा संविधान संशोधनका विषयमा छलफल चलाइरहेको, कार्यदल गठन र सरकारले समेत बहस चलाइरहेको भन्दै गरेको एमालेले पनि गृहकार्य थालेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।
कार्यदलको सदस्यमा उपाध्यक्ष रघुजी पन्त, सचिव छविलाल विश्वकर्मा, सचिव पद्मा अर्याल, केन्द्रीय सदस्य जुलीकुमारी महतो नेताहरू अग्नि खरेल, महेश बर्तौला, कृष्णभक्त पोखरेल कानुनविद् टीकाराम भट्टराई, एमाले नेता पासाङ शेर्पा, पूवमहान्यायाधिवक्ता रमेश बडाल, अमर थापा लगायत सदस्य छन्।