नेपाली कांग्रेसका नेता कुन्दनराज काफ्लेले पार्टीभित्र गुट, फुट र लुटलाई ठाउँ दिन नहुने बताएका छन्।
उनले पार्टी पुननिर्माणमा जुट्न पनि आग्रह गरेका छन्।
‘कांग्रेसका साथीहरू कसैको डर, धाक र धम्की नपरी पार्टी पुनर्निमार्णमा परिचालित बनौं,’ उनले आज सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कांग्रेसका प्रत्येक सदस्यको दायित्व यसको घोषित सिद्धान्तलाई व्यवहारमा प्रयोग गर्ने हो। यसका लागि पार्टीमा गुट, फुट र लुटलाई कत्ति पनि ठाउँ दिनुहुन्न।’
उनले इमान्दार बन्न पनि आग्रह गरेका छन्।
‘हाम्रासामु जनताका सपना छन्। जनाताको भरोसा बन्न हामी इमान्दार बनौं। आफ्नै माटो र आफ्नै अन्तकरणकाे प्रेरणाबाट स्वाभिमानको झण्डा उठाऔं,’ उनको भनाइ छ, ‘१५ औं महाधिवेशनका लागि पार्टीमा न्यूट्रल नेतृत्व चाहिन्छ। पार्टीभित्रका साथीहरूबीच जुन भाइचाराको आत्मीय सम्बन्ध थियाे त्यसलाई पुनःस्थापित गर्नु जरूरी छ।’