राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले संसदमा विपक्षीलाई नजरअन्दाज गरेर सत्तापक्ष अगाडि बढ्न खोजेको भन्दै आपत्ति जनाएकी छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले यस्तो आपत्ति जनाएकी हुन्।
उनले विगतमा आफू नै सत्तपाक्षबाट पेलिएको दलले सत्तामा पुग्ने बित्तिकै विपक्षी दलहरूलाई पेलेर अघि बढेको सुहाउँदो नभएको टिप्पणी गरिन्।
उनले विधेयक माथिको छलफलमा सहभागी सांसदहरूले प्रतिपक्षीलाई ज्ञान बाँड्ने काम गरेर समयको दुरूपयोग गरिरहेकोप्रति संसदको ध्यानाकर्षण गराइन्।
उनले भनिन्, ‘सत्तपक्षा प्रतिपक्षी हुँदा इतिहासमा सम्भवतः सबैभन्दा बढी पेलियो होला। पेलिएर आएकाहरूले विपक्षीलाई पेलेको पटक्कै सुहाएन।’
उनले प्रतिपक्षी दलहरूको आवाज दबाउन नखोज्न समेत सत्तापक्षलाई चेतावनी दिइन्। –न्युज एजेन्सी नेपाल