जेनजी आन्दोलनका सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनका निर्णय सार्वजनिक भएको छ।
गत भदौ २३ र २४ गते भएको आन्दोलनबारे मानव अधिकार आयोगले बेग्लै अध्ययन गरिरहेको थियो। उक्त अध्ययन प्रतिवेदनका निर्णय र सरकारलाई गरिएको सिफारिसका केही बुँदा सार्वजनिक भएका छन्।
कारबाही सिफारिस खण्ड आयोगले सार्वजनिक गरेको छ।
‘गत २०८२ भदौ २३ र २४ गतेको नवयुवा आन्दोलनको क्रममा भएका मानव अधिकारको उल्लङ्घनका सम्बन्धमा आयोगको मिति २०८३/२/१२ गतेको बैठकले निर्णय/सिफारिस गरी सिफारिस कार्यान्वयन गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको छ। यसअघि घटनाको अनुसन्धान गर्न आयोगद्वारा गठित समितिले अनुसन्धान सम्पन्न गरी आयोगलाई प्रतिवेदन पेस गरेको थियो प्रतिवेदन उपर भएको निर्णय/सिफारिसको विस्तृत विवरण यसैसाथ संलग्न गरिएको छ,’ प्रवक्ता टीकाराम पोखरेलले निकालेको विज्ञप्तिमा उल्लेख छ।