राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार पार्टी स्थापना दिवस मनाउने भएको छ।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार जेठ १५ गते पार्टी स्थापना दिवस मनाउन लागिएको हो।
उनले पार्टी स्थापना दिवसमा चाबहिलस्थित कार्यालयमा कार्यक्रम हुने बताए।
‘भोलि जेठ १५ गते हाम्रो पार्टी राप्रपा ३६ वर्षमा प्रवेश गर्दैछ। पार्टी स्थापना दिवसको अवसरमा भोलि बिहान ९ बजे चाबहिलस्थित पार्टी केन्द्रीय कार्यालयमा झण्डोत्तोलन र शुभकामना आदानप्रदान कार्यक्रम हुनेछ,’ उनले भने।
पार्टी गठन भएयताका ३६ वर्ष अवधिमा राप्रपा विभिन्न समयमा फुट्दै जुट्दै आएको छ।