सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेट आज ल्याउँदैछ।
अर्थमन्त्री स्वर्णिम वाग्ले बजेट पुस्तिका लिएर अर्थ मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय गएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मन्त्रिपरिषद बैठक बस्नेछ भने बजेट पारित लगत्तै अपराह्न ४ बजे बस्ने संसद बैठकमा अर्थमन्त्री वाग्लेले बजेट प्रस्तुत गर्नेछन्।
बजेट पुस्तिका राख्न यसपालि बेग्लै झोला प्रयोग गरिएको छैन।
नेपाल सरकारको निशान छाप रहेको फाइलमा बजेट पुस्तिका राखिएको छ।
विगतमा अर्थमन्त्रीहरूले बजेट बोक्न बेग्लै झोला प्रयोग गर्ने गरेका थिए।
यसअघि बजेट ल्याउँदा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले नेपालमै बनेको दुई हजार पाँच सय रुपैयाँ पर्ने झोला प्रयोग गरेका थिए।
तस्बिरहरू-
-ink-1780048169.jpeg)
-ink-1780048170.jpeg)
-ink-1780048170.jpeg)
-ink-1780048169.jpeg)
-ink-1780048169.jpeg)
-ink-1780048169.jpeg)
-ink-1780048169.jpeg)