प्रतिनिधिसभा सदस्य मिङ्मा ग्याबु शेर्पालाई संघीय संसदको झण्डासहित विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेको अवसरमा सम्मान गरिएको छ।
संघीय संसद सचिवालयमा आयोजित विशेष कार्यक्रममा सांसद शेर्पालाई सभामुख डीपी अर्याल तथा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका हुन्।
सम्मानित भएपछि सांसद मिङ्मा ग्याबु शेर्पाले सगरमाथा आरोहण केवल व्यक्तिगत उपलब्धि नभई नेपाली जनताको प्रतिनिधित्व गर्ने संसदको प्रतिष्ठासँग जोडिएको अभियान भएको बताएका छन्।
उनले सगरमाथाको शिखरमा संघीय संसदको झण्डा फहराउन पाउँदा आफूलाई गर्व महसुस भएको उल्लेख गरेका छन्।
तस्बिरहरू:
-1780383968.jpg)
-1780383967.jpg)
-1780383967.jpg)
-1780383967.jpg)
-1780383968.jpg)
-1780383968.jpg)
-1780383968.jpg)
-1780383967.jpg)
-1780383966.jpg)
-1780383966.jpg)
-1780383966.jpg)
-1780383967.jpg)
-1780383966.jpg)
तस्बिर: नेपाल फोटो लाइब्रेरी