सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र साह सरकारप्रति उत्तरदायी रहेको स्पष्ट पारेका छन्।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जबाफ दिँदै उनले यस्तो बताएका हुन्।
उनले आइतबार मात्रै सदनमा सांसदहरूले उठाएको जिज्ञासाको जबाफ दिएको र आवश्यकता परे पुनः सदनमा उपस्थित भएर जबाफ दिने प्रतिबद्धता व्यक्त गरे।
सीमा विवादको विषय दुई देशबीचको संवाद र टेबल टकमार्फत समाधान गर्नुपर्ने विषय भएको उनको भनाइ छ।
उनले भने, ‘हामीले देखेकै छौँ, प्रधानमन्त्रीज्यू सदनप्रति उत्तरदायी हुनुहुन्छ। उहाँले केही दिनअघि सदनमा उपस्थित भएर जबाफ दिनुभएको थियो र आवश्यकता परेमा फेरि पनि सदनमा उपस्थित भएर जबाफ दिनुहुनेछ। सीमा विवादको विषय दुई देशबीचको संवाद र टेबल टकमार्फत समाधान गर्नुपर्ने विषय हो। नेपाल र भारत दुवै पक्षले यस विषयलाई आपसी संवादबाट समाधान गर्ने प्रतिबद्धता व्यक्त गरिसकेका छन्। त्यसैले आवश्यक सबै काम कारबाही कूटनीतिक माध्यमबाट परराष्ट्र मन्त्रालयले अगाडि बढाइरहेको छ।’
उनले नेपाल र भारत दुवै पक्षले यस विषयलाई आपसी संवादबाट समाधान गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको पनि बताए।
आवश्यक सबै काम कारबाही कूटनीतिक माध्यमबाट परराष्ट्र मन्त्रालयले अगाडि बढाइरहेको बताए। –न्युज एजेन्सी नेपाल