परराष्ट्रमन्त्री शिशिर खनाल जेठ ३१ गते चीन भ्रमणमा जाने भएका छन्।
मन्त्रालयले शुक्रबार प्रेस नोट जारी गर्दै जेठ ३१ गतेदेखि असार ३ गतेसम्मका लागि भ्रमण तय भएको जानकारी दिएको छ।
चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणामा खनाल त्यसतर्फ गएका छन्।
‘मन्त्रीज्यूले चिनियाँ समकक्षी वाङ यीसँग बेइजिङमा वार्ता गर्नुहुन्छ। वार्तामा नेपाल-चीन सम्बन्धलाई थप सुदृढ बनाउने र आपसी हितका विषयमा सहकार्य गर्नेबारे छलफल हुनेछ। साथै मन्त्रीज्यूले चीनका उच्चस्तरीय पदाधिकारीसँग भेटवार्ता गर्नुहुन्छ,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ।
मन्त्री खनालले नेपालमा विदेशी लगानीलाई प्रोत्साहन गर्न नेपाली दूतावासले आयोजना गरेको इन्भेष्टमेन्ट कन्फ्ररेन्समा पनि सहभागी हुनेछन्। त्यहाँ उनले चिनियाँ व्यवसायी समुदायसँग छलफल गर्नेछन्।
मन्त्री खनाल असार ३ गते नेपाल फर्किँदैछन्।