नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ५ उपसमिति संयोजक चयन गर्ने निर्णय गरेको छ।
प्रतिष्ठानको चौथो बैठक जेठ २७ र २८ गते बसेको थियो।
सभापति गगन थापाको उपस्थिति र उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले ५ वटा उपसमिति संयोजक चयन गरेको हो।
डायस्पोरा डाईलग उपसमिति संयोजकमा यादव पण्डित चयन भएका छन् भने यो उपसमितिले नागरिकता, लगानी र मतदानको अधिकार सम्बन्धमा जनसम्पर्क समितिको पदीय संरचना बाहिरको वृहत् विश्व समाजसँग नीति संवाद र समन्वय गर्नेछ।
साथै स्वास्थ्य विमा र सेवामा पहुँच नीतिगत संवाद उपसमिति संयोजकमा डा. अन्जनीकुमार झा चयन भए भने घरेलु एवं डिजिटल हिंसा सचेतना उपसमिति संयोजकमा स्वीकृती पौडेल र सार्वजनिक यातायात र सडक सुरक्षा सचेतना उपसमिति संयोजकमा श्रीप्रसाद भलामी चयन भए। साथै खेलकुद नीति संवाद उपसमिति संयोजकमा विनोद दास चयन भएका छन्।