नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आज कोशी प्रदेशस्तरीय भेला गर्ने भएका छन्।
पार्टीको बृहत्तर एकताका लागि भन्दै प्रदेशस्तरीय भेला हुन लागेको हो।
होटल मनास्लु विराटनगरमा उक्त भेला हुनेछ। प्रमुख अतिथिका रूपमा नेता शेखर कोइराला छन्।
यो कार्यक्रममा संस्थापनइतर (निवर्तमान सभापति शेरबहादुर देउवा र नेता कोइराला) पक्षका नेताकार्यकर्ता सहभागी हुने बताइएको छ।
पूर्वउपसभापति विजयकुमार गच्छदार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत पनि कार्यक्रममा सहभागी हुने नेताहरूले बताएका छन्।
सो कार्यक्रमअघि विराटनगरस्थित कोइराला निवासमा नेता शेखर कोइराला र पूर्वमहामन्त्री शशांक कोइराला सँगै देखिएका छन्।
गत पुसमा भएको विशेष महाधिवेशनमा सहभागी नरहेका संस्थापनइतर पक्षले कोशी प्रदेशस्तरीय भेला गर्न लागेका हुन्।
यसअघि पूर्वमहामन्त्री सिटौलाको प्रमुख आतिथ्यतामा कोशी प्रदेशस्तरीय भेला हुँदा शेखर सहभागी भएका थिएनन्।