नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आज कोशी प्रदेशस्तरीय भेला गरेको छ।
निवर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षले कोशी प्रदेशस्तरीय भेला गरेका हुन्।
भेला विराटनगरस्थित मनास्लु होटलमा चलेको हो।
संस्थापनइतर पक्षको भेलामा नेता शेखर कोइराला, पूर्वमहामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेताहरू मिनेन्द्र रिजाल, बलबहादुर केसी, एनपी साउद, मीनबहादुर विश्वकर्मालगायत सहभागी छन्।
यसअघि देउवा पक्षले कोशीस्तरीय भेला राख्दा शेखर पक्ष सहभागी भएको थिएन।
तर अहिले देउवा र कोइराला पक्ष मिलेर भेला गरेका छन्। यो भेलालाई पार्टीको बृहत्तर एकताका निम्ति भनिएको छ।
देउवा र कोइराला पक्ष गत पुसमा भएको विशेष महाधिवेशनमा सहभागी भएका थिएनन्।
तस्बिरहरू-




