काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
आइतबार महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उक्त नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन्।
उनले सुकुम्बासी बस्ती हटाउने विषयमा सृजना भएको तनाव र विवादलाई मध्यनजर गर्दै बल प्रयोगभन्दा पनि संघीय र प्रदेश सरकारसँगको प्रत्यक्ष समन्वय, त्रि–पक्षीय साझेदारी र ‘सामूहिक आवास’ निर्माणको नीतिलाई केन्द्रमा राखेको बताइन्।
जलमग्न र जोखिमपूर्ण नदी किनार तथा सार्वजनिक स्थलहरूमा वर्षौंदेखि बस्दै आएका अव्यवस्थित बसोवासीहरूको स्थानान्तरण र उचित पुनःस्थापना सधैं काठमाडौंको मुख्य सहरी चुनौती रहि आएको छ।
यस्तै, ‘सामूहिक आवास’ को अवधारणा पनि नीतिमा थपिएको छ।
त्यसैगरी उनले काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको फिल्म फेस्टिबलको आयोजना गर्ने पनि बताइन्।
‘विदेशी पाहुना समेतलाई आमन्त्रण गरी अन्तर्राष्ट्रियस्तरको काठमाडौं फिल्म फेस्टिभलको आयोजना गरिनेछ। मौलिक तथा परम्परागत सिप, कला र ज्ञानको जगेर्ना, पुस्तान्तरण एवम पुनरोत्थानको लागि ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, तथा वास्तुकलात्मक महत्वका निजी तथा संस्थागत भवन पुननिर्माण गर्न र सम्पदा वस्ती संरक्षण गर्न प्रोत्साहित गरिनेछ,’ उनले भनिन्।
पूर्णपाठ: