राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन आइतबारदेखि सुरू हुँदैछ।
चितवनको भरतपुरस्थित गेस्ट हाउस चउरमा आइतबार महाधिवेशन उद्घाटन कार्यक्रम हुनेछ।
उद्घाटन समारोहमा विभिन्न दलका प्रतिनिधिहरूलाई पनि बोलाइएको छ। रास्वपाबाट ४ हजार भन्दा बढी प्रतिनिधिहरूको सहभागिता हुनेछ।
बन्द सत्र भने चितवन प्रदर्शनी केन्द्रमा राखिएको छ।
रास्वपा महाधिवेशन हुन लागेको चितवनमा अहिले अत्यधिक गर्मी छ।
सोही विषयलाई ध्यान राखेर महाधिवेशन स्थलमा तीन वटा हेल्थ डेस्क राखिने भएको छ।
शनिबार केन्द्रीय समिति बैठकमा तयारीबारे जानकारी गराउँदै महाधिवेशन स्वास्थ्य व्यवस्था उपसमिति संयोजक डाक्टर तोसिमा कार्कीले तीन ठाउँमा हेल्थ डेस्क राखिएको बताएकी हुन्।
'गर्मी छ, टन्न पानी पिउनुस। तिन स्थानमा हेल्थ डेस्क राखिएको छ,' बैठकमा उनले भनिन्।